Wednesday, August 28, 2013

धपक्क बलेको रूपरङ्ग गजब छ ।

धपक्क बलेको रूपरङ्ग गजब छ ।
चाहना र रहरको उमङ्ग गजब छ ।

नजरभित्र केही कुरा लुकाएको जस्तो
धरोधर्म त्यो हेराइको ढङ्ग गजब छ ।।

प्रकृतिलाइ समेत सुशोभित पार्ने
सुन्दरता हेरेर दुनियाँ दङ्ग, गजब छ ।।।

प्रशंसा र बखान मात्र गरेको देखेँ
जताततै ितिम्रो चर्चा प्रसङ्ग, गजब छ ।।।।

हेर्दा–हेर्दा आँखाबाट रसाएछन् 'आँसु'
आकर्षणको जादु तिमिसँग गजब छ ।।।।।

धपक्क बलेको रूपरङ्ग गजब छ ।
चाहना र रहरको उमङ्ग गजब छ ।

सुरेन्द्र न्यौपाने 'आँसु'
गुटु,मिलनचोक,सुर्खेत

Sunday, August 25, 2013

अब बुध्द जन्मेको, "निशानी" बेचिन्छ कुनै दिन यँहा ।

टनकपुर त बेचियो, "कालापानी" बेचिन्छ कुनै दिन यँहा ।
बम्बैमा सारा नेपाली नारीको "जवानी" बेचिन्छ कुनै दिन यँहा ।

चारै तिर बाट सिमानाहरू,लुटेको लुटै छन् लुटुराहरू
यस्तै भए सगरमाथा हाम्रो "चिनारी" बेचिन्छ कुनै दिन यँहा ।।

जन्मेका होइनन् बुध्द नेपालमा भनि, दावा गर्दैछन भरौटेहरू कोहि 
यस्तै रहे अब बुध्द जन्मेको, "निशानी" बेचिन्छ कुनै दिन यँहा ।

समय फेरियो नबसौँ चुप, जागौँ अब सारा जन्ता बिरूद्दमा
नत्र नेपाल र नेपाली जलाएर "खरानी" बेचिन्छ कुनै दिन यँहा ।


राम प्रसाद पाण्डेय
गुल्मी        

लौ जा खत्तम ।

Dipak Acharya 'Jalan'


सपना टुटेपछि तातो न छारो लौ जा खत्तम ।
मलाइ त यो माया ले मारो लौ जा खत्तम ।

मोहनी रुप रेसमी कपाल, अनि त्यो मुस्कान
जब हेरेँ, ठहरै बिचल्लि पारो लौ जा खत्तम ।।

पैसा फल्ने रूख हुन्छ भन्छन, यो बिदेशमा
रैछ टिप्न साह्रै पो गाह्रो लौ जा खत्तम ।।।

जति नै कमाय पनि यो पैसा भन्नि चिज
साथि किन हुँदैन फारो लौ जा खत्तम ।।।।

समय नियती र यो दैबको खेला ले
कहाँ थिँय हेर कहाँ पछारो लौ जा खत्तम ।।।।।

दिपक आचार्य "जलन"
शिबपुर–५, बकुवा (बर्दिया)
   हाल–कुवेत         

Friday, August 23, 2013

कसरि पो बाँचिएछ ?

कति मोड आए होलान्? कति बाटो काटिएछ ?
फर्की हेर्न पाए हुन्थ्यो, कसरि पो बाँचिएछ ?

सबै इच्छा अधूरा छन् ,छैनन् केहि पुरा पुरा
नसक्ने र नजानेका काम मात्रै आँटिएछ ।।

कहिले आँसु लुकाएर, कहिले मुटु दुःखाएर
खुसी हुने बहानामा, आफैँलाइ ढाँटिएछ ।।।

बितेछन् ती जिन्दगीका अनमोल पलहरू
अनुभूति मात्र केवल एकमुठी साँचिएछ ।।।।

न बाटोको ठेगान भयो, न गन्तब्य टुङ्गो लाग्यो
यात्रा त्यसै थालिएछ, पाइला त्यसै चालिएछ ।।।।।

रूपा कुसुम
नेपालगंज, बाँके

तिमि महङ्गियौ म त सस्तै छु सायद ।

तिमी महङ्गियौ म त सस्तै छु सायद ।
तिमी बद्लियौ म त यस्तै छु सायद ।

कदम लड्खडाय, सहारा भएन तिम्रो 
तिमी चुलियौ, म त खस्तै छु सायद ।।

कतै ितिम्रो नजरको हेराइमा बदलिँय
जस्तो छोड्यौ म त त्यस्तै छु सायद ।।।

मोद ढुङ्गा भए, फूल काँडा तर
सिमली भुवा, म त उस्तै छु सायद ।।।।

सोधिनौ कहिल्यै, 'आर्शि' के छ भनि 
जीवन सैय्यामा, लास जस्तै छु सायद ।।।।।

रामचन्द्र 'आर्शि'
नेपालगंज,बाँके

के भो किन भो ?

के भो, किन भो, नसोध यो दुःखी परानीलाइ
आगो कसरि निभ्यो के थाहा खरानीलाइ ?

शीर दुःख्यो ,शरीर दुःख्यो , बेस्सरी दुःख्यो
पीडा कति  भो, के थाहा िबिस्तर–सिरानीलाइ ?

छटपटी, छटपटी, मात्र छटपटी,
रात कसरी कट्यो, के थाहा बिहानीलाइ ?

प्यास छ, प्यास छ, अनन्त प्यास छ,
प्यासीको प्यासको जलन, के थाहा पानीलाइ ?

प्रेमप्रकाश मल्ल 'महेन्द्र मधुकर'
धम्बोझी -१, नेपालगंज, बाँके

शब्दको प्रहार ।

सक्नेहरू शब्दको प्रहार गर्छन ।
नसक्ने अपशब्दको वार गर्छन ।

मान्छे मान्छे त समान हुनुपर्ने
कोही  भेकीय प्रतिकार गर्छन ।।

जहाँ काटे पनि आफ्नै शरिर दुख्छ
आफैँ प्रति फरक बिचार गर्छन ।।।

तेरो मेरो भनि, क्षेत्र छुट्ट्याएर
नानाभाँती कुरा बेकार गर्छन ।।।।

'सुवास' सोच्छ, समाज समास होस
यहाँ बिग्रह किन सञ्चार गर्छन ।।।।।

बद्रि सुवास

Friday, August 2, 2013

आमा !

आउँदो साल त छानो घरको,गतिलो नै हाल्छु आमा
आँखि झ्याल छन नाङ्गा भित्ता,जसरि नि टाल्छु आमा !

आफ्नै दैलो अन्न-अनाज,यसपालि त भित्रयाउँला
सुर्तै नलेउ सिङ्गो फाँट नै,पसिनै ले गाल्छु आमा !

बिर्स अब खोले-सिस्नो अनि फाँडो,जसो लायैाँ खायैाँ
अमन चयन सधैँभरि,बडो ठाँटले पाल्छु आमा !

पिइ दिउँला बिषै बरू,सहिष्णुता भाँड्ने छैन
जोगाइराखि भाइचारा,बैगुन सकल फाल्छु आमा !

कुरुप त्यो हिजोलाइ,आउ दिउँ दागबत्ति अनिमात्रै
नबिन-सुन्दर संसारको,कोर्न नक्सा थाल्छु आमा !

हरि शरण लामिछाने   "  हार्दिक  "
                                                                नेपालगंज,१,वाटरपार्क,धम्बोझि