Saturday, July 20, 2013

हिसाब बाँकि नै छ ।

जेाड घटाउ सिक्नुहोला, हिसाब बाँकि नै छ ।
साहस जुटाइ राख्नुहोला, टकराब बाँकि नै छ ।
विषम मेाडमा पनि बाटेा गुमाइन र मात्रै
उपहारमा पाइएको, तनाब बाँकि नै छ ।।
अनुहाँर लुकाउँदैमा छदमभेष कहाँ लुक्छ ?
होस गर्नुहोला, खेाल्न नकाब बाँकि नै छ ।।।
महफिदल सजाउनेहरू एक्लै छाडिगय पनि
कमी भए पिउनुहोला, शराब बाँकि नै छ ।।।।
हारजितको फैसला गर्ने मैाका नपाए पनि
बिगतको परिस्थितिसँग, लगाब बाँकि नै छ ।।।।।

निशा भण्डारि          
नारायण नगरपालिका, २ ,दैलेख

यो शहरमा ।

अहो। मान्छे यति धेरै चर्चित, यो शहरमा
आफु भने चर्चाबाट बन्चित, यो शहरमा

सबैका खुसि र उमङ्ग छताछुल्ल जताततै
आफु मात्र खुसि नपाइ दुखित, यो शहरमा

हर्ष, खुसि र उन्मादले मातेका छन् मान्छे
अनन्त पिडाबाट आफु मुर्छित, यो शहरमा

सबै सुरक्षा र निर्भयमा अडिग छन् मान्छेहरू
आफु एकान्तमा सधैँ भयभित, यो शहरमा

सबैलाइ  यो शहरले चाहना पुरा गरायो
तर 'प्रकाश' को मन सदा कुण्ठित, यो शहरमा 

प्रकाश गिरि "निश्चल"
 सूर्यपटुवा, ९ ,बर्दिया   

Friday, July 12, 2013

अचम्म अनौठो समय यो वर्तमान छ !

कसैको भाग्यमा पीडा, कसैको मुस्कान छ !
 अचम्म अनौठो समय यो वर्तमान छ !

सस्तो छ झगडा, ब्यापक छन् बिबादहरू
दुर्लभ किन्तु समस्याको समाधान छ !

जङ्गलमा मान्छे, शहरमा जनावर पसे
बेघर त आजभोलि यहाँ भगवान छ !

बेइमानको देखिन्छ वाह-वाहि जताततै
इमान्दारको भने, यहाँ अपमान छ !

संसार स्वर्ग होला भनी नठान अहिल्यै
शकुनिहरूको राज अझै बिध्यमान छ !

कलमको दिन पनि आउने छ जरूर
नसोच्नु सधैँ खुकुरी नै बलवान छ !

खगेन्द्र गिरि "  कोपिला "
नेपालगंज,बाँके

Thursday, July 11, 2013

पराईको हात छ पक्कै !

हाम्रो गृह भत्काउँनुमा,पराईको हात छ पक्कै !
हाम्रा सन्तान छप्काउनुमा,पराईको हात छ पक्कै !

दिदि बैनी कसो गरी,बेच्थे हाम्रै दाजुभाइले
हाम्रा चेलि टप्काउनुमा,पराईको हात छ पक्कै !

चर्को बोल्दै-बोल्दैनथे,मिठा बोल्थे हाम्रा मित्र
हामीलाइ हप्काउँनुमा,पराईको हात छ पक्कै !

जता हेरयो त्यतैतिर, देशैभरि  आगो बाली
हाम्रा आँसु तप्काउनुमा,पराईको हात छ पक्कै !

नारायण   प्रसाद शर्मा गैरे (सुमित्र)
नेपालगंज,बाँके

Sunday, July 7, 2013

Request


Hi There,
Sometime we feel bore when someone regularly pours posts or Gajals written by other,so at that time we wish to read or see our own creation or Gajals. This is somehow my feeling which may be or may not be matched with you. But let me allow you to request you to sent your Gajals or other Nepali pieces of Literature items which will be posted over here. In other hand we are on the way of this blog so we need your creation along with your precious comments and suggestions. So if you are a Gajal writer then let your creation to be blossom online,for that you should send me your creation. You can send me on my following address. Have your good time.