Monday, June 17, 2013

रङ्ग बेगर आकृति

रङ्ग बेगर आकृतिमा फुलबुट्टा भर्दैछु म
साउन भेले जिन्दगानि जेन-तेन तर्दैछु म

बन्धु पुगे क्षितिज पारी, चुमे कोइले शिखर
लखतरान कछुवाझैँ बन्द गति सर्दैछु म

रोमियो र मदन-मझनु सँगै नाम जोडदै
एकादेशको किवंदन्ति चरितार्थ गर्दैछु म

मखमलि त्यो फुलसरि आहा ! प्रिति नफुले'सि
बिडम्बना चैतमासको पातसरि झर्दैछु म

आफ्नै श्रम पिउन यहाँ, भाइ-भेटि-भाग्य नभै
फेरि भिन्नै ललाट आज, कोरिमाग्न मर्दैछु म

रङ्ग बेगर आकृतिमा फुलबुट्टा भर्दैछु म
साउन भेले जिन्दगानि जेन-तेन तर्दैछु म


हरि शरण लामिछाने   "  हार्दिक  "
                                                                नेपालगंज,१,वाटरपार्क,धम्बोझि