Monday, June 17, 2013

रङ्ग बेगर आकृति

रङ्ग बेगर आकृतिमा फुलबुट्टा भर्दैछु म
साउन भेले जिन्दगानि जेन-तेन तर्दैछु म

बन्धु पुगे क्षितिज पारी, चुमे कोइले शिखर
लखतरान कछुवाझैँ बन्द गति सर्दैछु म

रोमियो र मदन-मझनु सँगै नाम जोडदै
एकादेशको किवंदन्ति चरितार्थ गर्दैछु म

मखमलि त्यो फुलसरि आहा ! प्रिति नफुले'सि
बिडम्बना चैतमासको पातसरि झर्दैछु म

आफ्नै श्रम पिउन यहाँ, भाइ-भेटि-भाग्य नभै
फेरि भिन्नै ललाट आज, कोरिमाग्न मर्दैछु म

रङ्ग बेगर आकृतिमा फुलबुट्टा भर्दैछु म
साउन भेले जिन्दगानि जेन-तेन तर्दैछु म


हरि शरण लामिछाने   "  हार्दिक  "
                                                                नेपालगंज,१,वाटरपार्क,धम्बोझि

यौटि खोज्दैछु म !

शिष्ट शुशिल अप्सरा झैँ, हुनि यौटि खोज्दैछु म
सँगै हाँसि अँगालोमा रुनि यौटि खोज्दैछु म !
जात छैन धर्म छैन, कुनै बन्धन छैन यहाँ
कुलघरानि भए पुग्ने, गुनि यौटि खोज्दैछु म !!
लेक-बेशि गाउँ-शहर, जतासुकै हुर्किएकि
चञ्चल मेरो मनलाइ, छुनि यौटि खोज्दैछु म !!!
बागेश्वरि भाकल गरि, सँगै जिवन जिउँला
भन्दैसारा एक्लोपना, धुनि यौटि खोज्दैछु म !!!!
पश्चिमेली टालो बेरि, अङ्ग ढाक्ने चेली होइन
नेपालिकै गुन्यो-चोलि, लाउनि यौटि खोज्दैछु म !!!!!


हरि शरण लामिछाने   "  हार्दिक  "
                                                                नेपालगंज,१,वाटरपार्क,धम्बोझि





Saturday, June 15, 2013

बात के काम !

पराइ सपना थेगि बस्ने निर्दयि ति हात के काम
प्रेम तृस्णा फगत  लाग्ने तिम्रा फजुल बात के काम !

खरानितन होइन यहाँ, चखेबि मन अतृप्त छ
मझेरिमै लत्याइ हिड्ने औपचारिक साथ के काम !!

बिछाउनु उतै बरू बिन्ति यता नजुधाउनु
पराइ कै धित मार्ने नजरको खात के काम !!!

नदेखेकै बेस होला, कथित सुन्दर चाँद सधैँ
अपूर्ण ख्वाब बोकि आउने निष्पट्ट ति रात के काम !!!!

नामसारि गरेहुन्छ पिडा जति यतै सारा
'हादिर्क' मनले नपस्कने, मुस्कानको खात के काम !!!!!


हरि शरण लामिछाने   "  हार्दिक  "
                                                                नेपालगंज,१,वाटरपार्क,धम्बोझि