Sunday, September 29, 2013

नसजिउ देखिसकेँ नाङ्गिएकी तिमी ।

नसजिउ देखिसकेँ नाङ्गिएकी तिमी ।
मञ्चमा अडिग नेपच्यमा बाङ्गिएकी तिमी ।

न ओत, न छाँया, न सुगन्ध छ कुनै
क्याक्टसझैँ क्या सारो झाङ्गिएकी तिमी।

सौन्दर्यको बजारमा बिज्ञापित हुन
मूल चोकमा तूलजस्तै टाङ्गिएकी तिमी।

तिम्रो पछ्यौरीको अब के नै मूल्य रह्यो ?
मान्छेपिच्छे सबैसँग उदाङ्गिएकी तिमी।

नक्कली ताप अब देखाइ के गर्छयौ ?
बुझिसक्यो 'नादिर'ले शीताङ्गिएकी तिमी ।।

भोजराज शर्मा 'नादिर'
धम्बोझि, १,नेपालगञ्ज


Tuesday, September 3, 2013

एक दिन तिम्लाई दिवानी बनाउँछु !

यो मुटु जलाएर खरानी बनाउँछु !
पापनी मायाको कहानीँ बनाउँछु !

छातीमा टेकेर जाने ए निष्ठुरी
एक दिन तिम्लाइ दिवानी बनाउँछु !!

ज्युँदै जलाइ मलाइ नमार यसरी
जन्म जन्म आफ्नो जिन्दगानी बनाउँछु !!!

युद्धको शङ्ख त बजायौ तिमिले
लडेर प्रेमको निशानी बनाउँछु !!!!

यो मुटु जलाएर खरानी बनाउँछु !
पापनी मायाको कहानीँ बनाउँछु !

छातीमा टेकेर जाने ए निष्ठुरी
एक दिन तिम्लाइ दिवानी बनाउँछु !!

अजय पारष
जनकपुरनगरपालीका–४
हाल– अछाम



मुटू झिकी पातमा राख्छु कस्को नभन्नु !

मुटू झिकी पातमा राख्छु कस्को नभन्नु !
तिम्रै चिनो हातमा राख्छु कस्को नभन्नु !


बिचलित मनको पिडा खोल्या तिम्लाइ
चिठ्ठि पत्र खातमा राख्छु कस्को नभन्नु !!

चोखो प्रेम भुल्दै जब टाढा जान्छौ तिमी
गुनासो म बातमा राख्छु कस्को नभन्नु !
!!


तिम्रै निम्ति पागल जस्तै लड्दै हिड्ने म
रूने आँखा रातमा राख्छु कस्को नभन्नु !!!!

हुँदा मुल्य बिहिन सारा तिम्रै खातिर 
यो मुटू सौगातमा राख्छु कस्को नभन्नु !!!!!

मुटू झिकी पातमा राख्छु कस्को नभन्नु !
तिम्रै चिनो हातमा राख्छु कस्को नभन्नु !

सौगात मात्र

Wednesday, August 28, 2013

धपक्क बलेको रूपरङ्ग गजब छ ।

धपक्क बलेको रूपरङ्ग गजब छ ।
चाहना र रहरको उमङ्ग गजब छ ।

नजरभित्र केही कुरा लुकाएको जस्तो
धरोधर्म त्यो हेराइको ढङ्ग गजब छ ।।

प्रकृतिलाइ समेत सुशोभित पार्ने
सुन्दरता हेरेर दुनियाँ दङ्ग, गजब छ ।।।

प्रशंसा र बखान मात्र गरेको देखेँ
जताततै ितिम्रो चर्चा प्रसङ्ग, गजब छ ।।।।

हेर्दा–हेर्दा आँखाबाट रसाएछन् 'आँसु'
आकर्षणको जादु तिमिसँग गजब छ ।।।।।

धपक्क बलेको रूपरङ्ग गजब छ ।
चाहना र रहरको उमङ्ग गजब छ ।

सुरेन्द्र न्यौपाने 'आँसु'
गुटु,मिलनचोक,सुर्खेत

Sunday, August 25, 2013

अब बुध्द जन्मेको, "निशानी" बेचिन्छ कुनै दिन यँहा ।

टनकपुर त बेचियो, "कालापानी" बेचिन्छ कुनै दिन यँहा ।
बम्बैमा सारा नेपाली नारीको "जवानी" बेचिन्छ कुनै दिन यँहा ।

चारै तिर बाट सिमानाहरू,लुटेको लुटै छन् लुटुराहरू
यस्तै भए सगरमाथा हाम्रो "चिनारी" बेचिन्छ कुनै दिन यँहा ।।

जन्मेका होइनन् बुध्द नेपालमा भनि, दावा गर्दैछन भरौटेहरू कोहि 
यस्तै रहे अब बुध्द जन्मेको, "निशानी" बेचिन्छ कुनै दिन यँहा ।

समय फेरियो नबसौँ चुप, जागौँ अब सारा जन्ता बिरूद्दमा
नत्र नेपाल र नेपाली जलाएर "खरानी" बेचिन्छ कुनै दिन यँहा ।


राम प्रसाद पाण्डेय
गुल्मी        

लौ जा खत्तम ।

Dipak Acharya 'Jalan'


सपना टुटेपछि तातो न छारो लौ जा खत्तम ।
मलाइ त यो माया ले मारो लौ जा खत्तम ।

मोहनी रुप रेसमी कपाल, अनि त्यो मुस्कान
जब हेरेँ, ठहरै बिचल्लि पारो लौ जा खत्तम ।।

पैसा फल्ने रूख हुन्छ भन्छन, यो बिदेशमा
रैछ टिप्न साह्रै पो गाह्रो लौ जा खत्तम ।।।

जति नै कमाय पनि यो पैसा भन्नि चिज
साथि किन हुँदैन फारो लौ जा खत्तम ।।।।

समय नियती र यो दैबको खेला ले
कहाँ थिँय हेर कहाँ पछारो लौ जा खत्तम ।।।।।

दिपक आचार्य "जलन"
शिबपुर–५, बकुवा (बर्दिया)
   हाल–कुवेत         

Friday, August 23, 2013

कसरि पो बाँचिएछ ?

कति मोड आए होलान्? कति बाटो काटिएछ ?
फर्की हेर्न पाए हुन्थ्यो, कसरि पो बाँचिएछ ?

सबै इच्छा अधूरा छन् ,छैनन् केहि पुरा पुरा
नसक्ने र नजानेका काम मात्रै आँटिएछ ।।

कहिले आँसु लुकाएर, कहिले मुटु दुःखाएर
खुसी हुने बहानामा, आफैँलाइ ढाँटिएछ ।।।

बितेछन् ती जिन्दगीका अनमोल पलहरू
अनुभूति मात्र केवल एकमुठी साँचिएछ ।।।।

न बाटोको ठेगान भयो, न गन्तब्य टुङ्गो लाग्यो
यात्रा त्यसै थालिएछ, पाइला त्यसै चालिएछ ।।।।।

रूपा कुसुम
नेपालगंज, बाँके